नेपाली कांग्रेस अनिर्णयको बन्दी बन्दै गएको छ । मुलुकको दोस्रो ठुलो पार्टी समेत रहेको कांगे्रसंस पहिलो पार्टीलाई उछाल्ने बहुमत छ । चर्चा पनि उस्तै छ। तर, पार्टीको संरचना बलिया बन्न नसक्दा समस्या सिर्जना भएको छ । यो सामाचर काठमाडौ.बाट प्रकाशित विभिन्न सञ्चार माध्यमहरुले आ आफ्नै ढंगले प्रस्तुत गरेका छन्।
पार्टी भित्रका गुटहरुकै कारण कांग्रेसका पछिल्ला हरेक बैठक बिना निर्णय टुंगिने गरेको समाचारमा उल्लखे छ । मुख्य गरेर सभापति शेरबहादुर देउवाकै बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले बहिष्कार गर्ने शैलीले पार्टीको संरचना खस्किदै गएको हो ।
समाचारमा उल्लेख भएअनुसार मिति तोकेरै बोलाइएका बैठक हरेक दिन बस्ने र नबस्ने टुंगो नहुने हुँदा केन्द्रीय नेताहरुले हैरानी बेहोर्दै आएका छन् । कतिपय बैठक त बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित समेत हुने गरेका छन् ।
सोमबार बोलाइएको बैठकमा पार्टी केन्द्रीय कार्यालय सानेपामा केही पदाधिकारी गएनन् भने गएका नेताहरु पनि बैठक बस्ने नबस्ने टुंगो नलागेपछि फर्किएको समाचारमा लेखिएको छ । यसैगरी राजधानीले एक्सनमा प्रधानमन्त्री कार्यालय र नेकपा स्थायी कमिटी बैठकमा नेतृत्वको चर्को आलोचना लगायतका समाचार पनि प्राथमिकताका साथ छापेको छ ।





















प्रतिक्रिया