नेपाली राजनितीमा विखण्डिकारीको नियतले उदाएका सीके राउत पछिल्लो समय राष्ट्रिय राजनितीमा सक्रिय छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको पहलमा राष्ट्रपति द्वारा जेलमुक्त गराइएका राउतको खुल्ला राजनीति सोही स्थानबाट सुरु भएको थियो ।
पुनः उनको भाग्य चम्किएको छ । नेकपा सरकारमा आएसंगै उनको लागि खुल्ल्ला भएको राजनीतिक ढोका राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ। कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते पूरा हुँदै छ । रिक्त १९ स्थानका निम्ति आगामी माघमा निर्वाचन गराउने कार्यक्रम निर्वाचन आयोगले तय गरिसकेको छ ।
१९ मध्ये २ नम्बर प्रदेशबाट राष्ट्रियसभामा पु¥याइने ४ जनाका लागि नेकपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी या राजपासंग गठबन्धन बनाएमा कम्तीमा दुई जना सदस्य नेकपाले तोकेको व्यक्ति हुनेछन् । राजपा र समाजवादीबीच गठबन्धनको सम्भावना नरहेकाले पनि नेकपाको दुई मधेसकेन्द्रित समूहमध्ये एउटासंग चुनावी तालमेल हुने स्थिती बनेको छ ।
२ नम्बर प्रदेशमा नेकपासंग मतको भार ३०१०, राजपासंग २२०० र समाजवादीसंग २४०० रहेको छ । यी तीनमध्ये दुई एकातिर हुनेवित्तीकै एकीकृत पक्षले चारमा चारै स्थानमा जित्ने स्थिती छ । दुई–दुई स्थान लिने गरी भागबन्डा भएपनि नेकपाले एक स्थानचाहिँ सीके राउतलाई दिने संकेत देखिएको छ ।





















प्रतिक्रिया