Logo

अर्थ

आइएमई पे र लुम्बिनी विकास बैंकबीच सम्झौता



आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र लुम्बिनी विकास बैंकवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

सम्झौतापछि लुम्बिनी विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमईमा रकमान्तर गर्न र ‘आइएमई पे’ मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्ने छन् ।

काठमाडौंमा आयोजित कार्यक्रमकावीच ‘आइएमई पे’ का तर्फबाट संचालक खिलेन्द्र पौडेल र लुम्बिनी विकासका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीलेसम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति : ९ पुष २०७६, बुधबार ११:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।