फाँसी दिन लायक व्यक्तिहरु द्वन्द्वको ‘एक्सपर्ट’ भन्दै विभिन्न एनजीओमा आवद्ध भएर पीडितको नाममा प्रोजेक्ट चलाईरहेको भन्दै आपत्ति जनाएका छन ।
अनलाईन पाना संवादमा अन्तरवार्ताको क्रममा द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले हिजो सबैभन्दा धेरै आरोप लागेका अजित थापा जस्ता व्यक्तिहरु द्वन्द्वका एक्सपर्ट भन्दै बिज्ञता बाड्दै हिंडिरहेको कुराले आफुलाई अचम्मित तुल्याएको समेत उल्लेख गरे ।
नेपाल पिसविल्डिङ इनिसिएटिभ नामको एनजीओको कन्सलटेन्ट बनेर पीडितको प्रोजेक्ट चलाउँदै हिंडेको देख्दा आफुलाई अचम्म लागेको उल्लेख गर्दै तत्कालीन समयमा चिसापानी ब्यारेकका मेजरको रुपमा रहेका थापाले सयौं गैरकानुनी गिरफ्तारी, अमानवीय यातना, हत्या मात्रै नभएर बलात्कार जस्ता गम्भीर मानवअधिकार उल्लंघनमा आरोपित व्यक्ति हुन ।
पीडितको नाममा प्रोजेक्ट चलाउने उक्त एनजीकोका हर्ताकर्ता भने सुबिन्द्र बोगटी हुन । उक्त संस्थामा बिज्ञानराज शर्मा, अजित थापा जस्ता व्यक्तिहरु कन्सलटेन्टको रूपमा कार्यरत छन । थापाको बिषय सार्वजनिक भए सँगै उक्त संस्थाले आफ्नो वेबसाईट बाट उक्त नामहरु भने हटाएको भेटिएको छ । पश्चिमको भैरबनाथको रुपमा कुख्याती कमाएको तत्कालीन चिसापानी ब्यारेकका मेजर रहेका थापाले भारत बाट ‘जुली’ नामक कुकुर ल्याएर महिलाहरुलाई बलात्कार गर्न लगाएको बिषय समेत केही अघि सार्वजनिक भएको थियो ।
बेपत्ता नागरिक छानबिन आयोगमा बर्दिया बाट मात्रै २७५ उजुरी आयोगमा परेका छन । तीमध्ये झण्डै आधा उजुरीमा चिसापानी ब्यारेकका तत्कालीन मेजर थापाको नाम मुछिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत द्वन्द्वकालिन घटनामा गरेको आफ्नो अनुसन्धान अनुसार सरकारलाई गरेको सिफारिसमा तत्कालीन मेजर थापालाई आधा दर्जन भन्दा धेरै घटनामा दोषी ठहर गर्दै उनिहरुलाई कानुनी कार्वाही गर्न सरकारलाई सिफारिस समेत गरेको थियो ।
यस्ता व्यक्तिहरु नै पीडितको कन्सलटेन्ट बनेर पीडितको पिडाको व्यापार गर्न सक्रिय रहनुलाई बेपत्ता परिवारका सदस्य राम भण्डारीले अनलाईन पाना सँग कुरा गर्दै ‘ओएचसीआर र राष्ट्रिय मानव अधिकार आयोगले समेत कार्वाहीको लागि सिफारिस गरेका व्यक्ति आज पीडितका नाममा व्यवसाय गर्दै हिंड्नु बेपत्ता परिवारजनको लागि लाजमर्दो कुरा हो ।’ कार्वाही गर्नुपर्ने पीडितलाई छाडा छोड्दा सामाजिक प्रतिसोध हुन सक्ने उनको आकलन छ । ‘थापा जस्ता युद्ध अपराधीहरुलाई तत्काल कार्वाही हुनुपर्छ अन्यथा पीडितले कार्वाही गर्नुपर्ने अवस्था आउनसक्ने उनको चेतावनी छ । यस्ता पात्रहरूलाई सामाजिक बहिष्कार गर्नुपर्छ ।’ उनले भने ।
यस बिषयमा कुरा गर्दै बेपत्ता छानबिन आयोगमा सदस्यको साथै प्रवक्ता समेत रहेका आयोगका पुर्व सदस्य बिष्णु पाठकले बाँके र बर्दियामा बाट आयोगमा बेपत्ता सम्बन्धि परेका उजुरी मध्य ६० प्रतिशत उजुरीमा थापाको नाम जोडिएको उल्लेख गर्दै युद्धअपराध र मानवताविरुद्धको अपराधमा संलग्न भएका अपराधी आज मानवअधिकार क्षेत्रमै क्रीयाशिल रहेको भनिएको नेपाल पिसविल्डिङ इन्सीएटिभ नामको एनजीओमा सुरक्षा सल्लाहकारको रुपमा रहेको कुरा सुन्दा आफू पनि आश्चर्यचकित रहेको उल्लेख गरे ।
समग्रमा भन्नुपर्दा थापा अपराधीक कार्यमा संलग्न रहेको देखिएकोले उनी र उनिजस्ता धेरै युद्धअपराध र मानवताविरुद्धको अपराधमा संलग्नहरुलाई राज्यले त्यही अनुसारको व्यबहार गर्नुपर्ने उनको सुझाव छ । द्वन्द्वको समयमा बर्दिया बाट २७५ र बाँके बाट १२५ व्यक्तिहरु बेपत्ता पारिएको आयोगमा लिखित उजुरी परेको छ ।
यस बिषमा प्रतिक्रिया लिन मानवअधिकारको क्षेत्रमा क्रीयाशिल रहेका अधिवक्ता ओम प्रकाश अर्यालले भने युद्धअपराधमा संलग्न व्यक्तिहरु आज पीडितहरुको नाम लिंदै उनिहरुले उन्मुक्ति खोज्नु नौलो बिषय नरहेको उल्लेख गर्दै ‘दोषीले उन्मुक्ति खोज्ने कुरा स्वभाविक भएपनी त्यस्ता पात्रहरूलाई बोकेर हिंड्ने संस्था र त्यस्ता संस्थाका पदाधिकारीहरु सबैभन्दा धेरै दोषी हुन ।’ उनले भने । मानवअधिकारको आवरणमा नेपाल पिसविल्डिङ इनिसिएटिभ जस्ता संस्थाले पिडकको एजेन्ट बनेर हिंडिरहेका तथा पिडकलाई सूचना बेच्न उद्द्त रहेको बताउँदै यस्ता संस्थाहरु मानवअधिकार आन्दोलनको ‘बिष बृक्ष’ को काम गर्ने र यसले समग्र मानव अधिकार आन्दोलनलाई दुषित पार्ने काम गर्नसक्ने भन्दै यस्ता संस्थाको सामाजिक बहिष्कार आबश्यक रहेकोमा जोड दिए ।
मानव अधिकारको नाममा यस्ता संस्थाहरु सँग सहकार्य गर्ने अन्तर्राष्ट्रिय दाताहरु पनि यसमा दोषी रहेको उनको भनाई छ । जानाजान पिडकहरु सहभागी रहेको संस्थाहरुलाई सहायता गर्ने अन्तर्राष्ट्रिय समुदाय पनि यसमा दोषी रहेको उनको ठहर छ ।
नेपाल पिसविल्डिङ इनिसिएटिभ नामको उक्त संस्थालाई ‘द एसिया फाउन्डेसन’ नामक अन्तर्राष्ट्रिय संस्थाको सहायता छ । पीडितको पक्षमा काम गर्ने भन्दै भ्रम छरिरहेको उक्त संस्थामा थापा जस्ता विवादित व्यक्तिहरु सहभागी गराएको भन्दै विरोध भएपछि संस्थाले आफ्नो वेबसाईटबाट संस्थाको सम्पुर्ण विवरणहरु हटाएको पाईएको छ ।
हेर्नुहोस भिडियो:





















प्रतिक्रिया