निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको एक्काइसौंं वार्षिक साधारण सभा आइतबार नक्सालमा सम्पन्न भएको छ ।
संस्थाका संचालक समितिका अध्यक्ष शरद निधि तिवारीको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष तिवारीले आ.व. २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गर्नु गरेका थिए ।
साधारण सभाले सामान्य प्रस्ताव तर्फ आ.व. २०७५÷७६ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
त्यसै गरी विशेष प्रस्ताव तर्फ संचालक समितिबाट सिफारिस तथा नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृति भए बमोजिम आ.व. २०७५÷७६ को मुनाफाबाट हाल कायम संस्थाको चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने रु. ३० करोड बराबरको बोनस शेयर जारी गर्ने, संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि प्रस्तावित बोनस शेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाको प्रवन्धपत्र संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको ब्यक्तिलाई पूर्ण अख्तियारी दिने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।
सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरु अमृत नाथ रेग्मी, श्री नरसिंह लाल चखुँ, इन्द्र कृष्ण श्रेष्ठ, शिव प्रसाद पौडेल, दामोदर प्रसाद रेग्मी र डमरु बल्लभ घिमिरेले साधारण सभामा आफ्नो राय, सुझाव दिए ।
साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित शेयरधनीहरुले सर्वसम्मतिबाट पारित गरेको घोषणा गरेका थिए ।
















प्रतिक्रिया