चिनी उद्योगीहरुले किसानको ऊखुको मुल्य मात्र होइन,सरकारले किसानका नाममा निकासा गरेको अनुदानको रकमसमेत खाइदिएका छन् । सरकारले किसानलाई प्रतिक्विन्टल उखुको ६५ रुपैँया २८ पैसा अनुदान दिन्छ । तर, अघिल्लो वर्ष यो रकम सीधै किसानलाई नदिएर उद्योगमार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको थियो । तर, उखुको मुलधन नै नदिएका उद्योगले अनुदानसमेत हिनामिना गरेका छन् ।
आर्थिक वर्ष ०७४÷७५ मा सरकारले प्रतिक्विन्टल ६५ रुपैँया २८ पैसा अनुदान दिने निर्णय गरेको थियो । देशभर उत्पादन हुने दुई करोड क्विन्टल उखुका लागी छुट्याएको एक अर्ब २८ करोड रुपैँया अनुदान सरकारले सिधै किसानलाई नभएर जिल्ला भुक्तानी समितिमार्फत उद्योगलाई दिएको थियो । सरकारले अनुदान सीधै किसानलाई दिनुको सट्टा उद्योगीलाई दिएकाले किसान ठगिएका हुन् ।
किसानलाई धेरै भन्दा धेरै सर्लाहीस्थित अन्नपूर्ण र महालक्ष्मी चिनी मिलले शोषण गरेका छन् । सरकारले उखुको मुल्य प्रतिक्विन्टल ५३६ रुपैँया तोकेको थियो । जसमा ६५ रुपैँया २८ पैसा सरकारी अनुदान र चार सय ७१ रुपैँया उद्योगले तिर्नुपर्ने थियो । तर, अन्नपूर्ण र महालक्ष्मी उद्योगले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ४७१ को साट्टो ४३५ रुपैँया मात्र भरपाइ दिएका छन् । त्यो पैसा पनि भुक्तान गरेका छैनन् । उखुको भुक्तानी पाएका किसानले पनि सरकारी अनुदान पाएका छैनन् । उद्योगले सरकारबाट नगदनै लिएको ६५ रुपैँया २८ पैसामध्य ३३ रुपैँया आफूले राखेर ३२ रुपैँया २८ पैसा मात्र किसानलाई दिएका छन् ।
नयाँ पत्रिकाबाट





















प्रतिक्रिया