संविधान दिवस २०७७ को अवसरमा एनआइसी एशिया बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने निर्णय भएको छ ।
सरकारले पाँचौं संविधान दिवस अवसरमा एक दर्जन उद्यमी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गरिएको छ । जसअन्तर्गत रहेर अध्यक्ष अग्रवाललाई पनि प्रबल जनसेवा श्री चतुर्थ मानपदवीबाट विभूषित गर्ने भएको हो ।
अग्रवालज्यूले पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत उद्योगी व्यवसायीको रुपमा काम गर्दै आएका छन् । साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका छन् ।
प्रतिक्रिया