Logo

पत्रपत्रिका

पूर्वराजा ज्ञानेन्द्रको टी गार्डेनले तिरेन साढे पाँच करोड कर



पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वषौँदेखि कर तिरेको छैन् । दमक नगरपालिका ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ ।

गणतन्त्र स्थापना पछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागु भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जनाएको छ । चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै हाएको छ ।

हिमालय–महालक्ष्मी टी गार्डेन प्रालीले सञ्चान गरेको पचया बगानभित्र काठका धेरै संरचना छन् ।जहाँ पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको ‘मिनी दरबार’ पनि छ । यो दरबारमा पूर्वराजा ज्ञानेन्द्र प्रत्येक वर्ष आउने गर्छन् । गत बुधबार पनि उनी बगानमा आएका थिए ।

नयाँ पत्रिकाबाट

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०१:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।