पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वषौँदेखि कर तिरेको छैन् । दमक नगरपालिका ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ ।
गणतन्त्र स्थापना पछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागु भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जनाएको छ । चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै हाएको छ ।
हिमालय–महालक्ष्मी टी गार्डेन प्रालीले सञ्चान गरेको पचया बगानभित्र काठका धेरै संरचना छन् ।जहाँ पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको ‘मिनी दरबार’ पनि छ । यो दरबारमा पूर्वराजा ज्ञानेन्द्र प्रत्येक वर्ष आउने गर्छन् । गत बुधबार पनि उनी बगानमा आएका थिए ।
नयाँ पत्रिकाबाट





















प्रतिक्रिया