Logo

अनुहारका रौ हटाउने घरेलु विधि



सबैलाई सुन्दर बन्न मन पर्छ । सुन्दरताको मुल्यांकन पनि अनुहारबाट नै गरिन्छ । सबैभन्दा पहिले सवैको आँखा पर्ने ठाउँ पनि अनुहार नै हो । त्यसैले अनुहार सफा, सुन्दर र चम्किलो बनाउन जो कोही तल्लिन रहन्छन् ।

कसैको अनुहारमा अनाबश्यक रौं तथा झुसले सुन्दरतालाई कुरुप बनाइदिएको हुन्छ । यस्ता अनावश्यक रौं एकै दिनमा हटाएर चम्किलो र सफा अनुहार बनाउने घरेलु विधिको विषयमा यहाँ जानकारी दिइएको छ ।

सामग्री:

काँचो दूध,तर, बेसार,बेसन

बिधि:

एक चम्चा काँचो दूधमा थोरै बेसन, एक चिम्टी बेसार र उमालेको दूधको तर मिसाएर मिश्रण बनाउने । पहिले सफासँग मुख धुने अनि यसरी बनाइएको लेपलाई धोएको अनुहारमा पुरै लगाउने ।

अनुहार सुख्खा हुन्जेल राख्ने र पुरै सुकीसकेपछि विस्तारै हातले मसाज गर्दा अनुहारमा भएका कमजोर रौहरुले जरा देखिनै ठाउँ छोड्छ । अन्त्यमा मनतातो पानिले मुख धुने तपाईंले सफा चम्किलो अनुहार पाउनुहुनेछ ।

 

प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार  ११ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।