Logo

सुरक्षा/अपराध

महिला कर्मचारीलाई बलात्कार गरेकाे आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ



महिला कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा कैलालीमा गाउँपालिकाका अधिकृत पक्राउ परेका छन् ।जिल्लाको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘डरधम्की देखाएर बलात्कार गर्ने गरेको आरोपमा उनलाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आईतवार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।