Logo

बैंकिंग

आरटिजिएस प्रणालीमा कारोबार समय तोकियो, यस्तो छ समय सिमा 



नेपाल राष्ट बैंकले रियल टाइम ग्रस सेटलमेन्ट ( आरटिजिएस) प्रणालीमा नियमित कारोबार समय तोकेको छ । राष्ट्र बैंकले “आरटीजीएस सिस्टम रुल्स, २०१९  अपेन्डिक्स–६” मा भएको व्यवस्था अनुसार समय सिमा निर्धारण गरेको छ जसअनुसार सामान्य कारोबार दिनमा अर्थात आइतबार देखि बिहीबारसम्म बिहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहक र अन्तर बैंकहरुबिचको कारोबार हुने छ भने ३ बजेदेखि ३ः४० सम्म अन्तर बैंक कारोबार मात्र हुनेछ । 

शुक्रबार भने ग्राहक र अन्तरबैंक कारोबार बिहान १०ः३० देखि मध्यन्न १ बजेसमम सञ्चालन हुनेछ । 
यो भन्दा पहिला समय निर्धारण गरिएको थिएन । 

के हो आरटिजिएस प्रणाली ?
रियल टाइम ग्रस सेटलमेन्ट सिस्टमलाई छोटकरीमा ‘आरटिजिएस’ भनिन्छ । आरटिजिएस सिस्टम कुनैपनि रकम विना जोखिम कारोबारको तुरुन्त फछर्यौट गरिने पूर्ण विद्युतीय प्रणाली हो । जहाँ कुनै संस्था–संयन्त्रले ठूलो तथा सानो मूल्यको भुक्तानी ट्रान्सफर एंव हिसाव मिलान गर्ने गर्दछ । यस संयन्त्रले भुक्तानी दिनेको खाताबाट पैसा घटाएर भुक्तानी पाउनेको खातामा तुरुन्तै रकम जम्मा गरिदिन्छ । 

कुनैपनि व्यक्तिको एक बैंकमा रहेको खाताबाट दोस्रो व्यक्तिको अर्को बैंकमा रहेको खातामा तुरुन्तै भुक्तानी गर्न सकिन्छ । जसको लागि खातावाला व्यक्तिले सम्बन्धित बैंकमा गएर मेरो खाताबाट फलानो नाम गरेको व्यक्तिको फलानो बैंक खातामा यति रकम भुक्तानी गरिदिनु भनेर फारम भर्नु पर्दछ । त्यसपछि बैंकले सो व्यक्तिको खाताको पैसा तत्कालै दोस्रो व्यक्तिको बैंक खातामा भुक्तानी गरिदिन्छ।मानौ ‘ए’ भन्ने बैंकका भुक्तानी गर्ने व्यक्तिको खाता छ। बी भन्ने बैंकमा भुक्तानी पाउने व्यक्तिको खाता छ ‘ए’ले ‘बी’लाई भुक्तानी गर्दा ‘ए’ भन्ने बैंकमा जाने र आरटिजिएस मार्फत  बैंकलाई  भुक्तानी गर्ने आदेश दिन सक्छ । १०० रुपैयाँ बराबरको ‘बी’ को बैंक खातामा रियल टाइमा मै पुग्छ अर्थात राखेकै समयमा पुग्छ भने त्यो प्रणाली नै आरटिजिएस प्रणाली हो। 
यो सेवा २ लाख रुपैयाँभन्दा माथिको भुक्तानीमा सुरु गरेको छ । २० लाखभन्दा माथिको कारोबारमा यो प्रणाली अनिवार्य नै गरिएको छ ।

राष्ट्र बैंकले अघिल्लो भदौ २९ गते आरटिजीएसको लञ्च गरेको थियो ।  

rtgs system.JPG

 

 

प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार  २ : १९ बजे