Logo

बैंकिंग

वाणिज्य बैंकको शाखा सुर्खेतको बिरेन्द्रनगरमा



राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित बिरेन्द्रनगरमा २४१ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको कार्यालयको आईतबार समुदघाट्न गरेका छन् । 

Rbb Karnali.jpeg
कार्यक्रममा मन्त्री ज्वालाले रा.वा.बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने  बताए । उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । 
बैंकले हाल सातै प्रदेस, ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : ३२ बजे