प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अंश मुद्धा माग गर्दै काठमाडौं जिल्ला अदातलमा उजूरी दर्ता गराएकी बालिका खड्का पेरिसडाँडा जान लाग्दा प्रहरीले पक्राउ गरेको छ ।
गत भाद्र ३१ गते वादी बालिका खड्काले प्रतिवादी मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रतिवादी दाबी अनुरुपको वादी दाबी प्रमाणित गर्न नसक्ने भन्दै इजलास समक्ष निवेदन दिएर अंशचलनको मुद्धा फिर्ता लिएकी थिइन् ।
दोलखा जिल्ला कालिन्चोक गाउँपालिका ३ की ३२ वर्षीया बालिका खड्काले जिल्ला अदालत काठमाडौंमा अंशमुद्धा दर्ता गराएकी थिइन् ।
नेपाल कम्युनिस्ट पार्टीको बैठकस्थल पेरिसडाडाँमा केही भन्नु छ भन्दै उनी प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।




















प्रतिक्रिया