साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ३ अंकले बढेर १५७५ दशमलव १८ बिन्दुमा रोकिएको छ । आज दिनभर कारोबारमा आएका १८८ कम्पनीको ९१ लाख ४९ हजार ३ सय ३१ सेयर कित्ता खरिद बिक्रि हुँदा २ अर्ब ७१ करोड ४९ लाख ८६ हजार १ सय १९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज खानिखोला हाइड्रोपावर कम्पनीको आज सकरात्क सर्किट लागेर बन्द भएको छ । भने रिलायन्स लाइफ, सप्तकाशि बाणिज्य बैंक, घलेमडि हाइड्रोपावर र सेन्ट्रल फाइनान्स लगायतका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् ।
भने हिमाल दोलखा हाइड्रोपावर, लिर्वर्टी इनेर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्, यी कम्पनीको आज नकरात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।




















प्रतिक्रिया