महिला, पुरुष एंब बच्चाहरुलाई समेत उपयुक्त हुने विभिन्न ब्राण्डका जुत्ता तथा एसेसरिजहरु उपलब्ध गराउँदै आएको सिम्बोलिक फेसनको दोस्रो आउटलेट नयाँ बानेश्वरमा संचालनमा आएको छ ।
सिम्बोलिक फेसनको पहिलो आउटलेट भने राजधानीको मैतिदेवी मा गत बैशाख १ देखि नै संचालनमा रहेको छ । नाइक, एडिडास जस्ता विश्वविख्यात ब्राण्डका उच्च गुणस्तरका सामानहरु उक्त स्टोरमा सुपथ मुल्यमा उपलब्ध हुने जनाइएको छ ।
उक्त आउटलेटको नायिका स्वस्तिमा खड्का तथा निर्देशक निश्चल बस्नेतले उद्घाटन गरेका थिए । उक्त आउटलेटका सामानहरु स्टोरका साथै कम्पनीको अफिसियल फेसबुक पेजका साथै ईन्स्टाग्राम मार्फत पनि अनलाइन बाट समेत सामान खरिद गर्न सकिने छ ।





















प्रतिक्रिया