Logo

सुरक्षा/अपराध

हतियार सहित पक्राउ तथा बरामद



सप्तरी, शम्भुनाथ नगरपालिका-२ भलुवाहीबाट १ थान एकनाले भरुवा बन्दुक सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय रामपुकार माझी र २२ वर्षीय रामस्वरुप मण्डल रहेका छन् । ईलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

कपिलवस्तु, वाणगंगा नगरपालिका-७ मोतीपुरधैरेनी डाँडाबाट २ थान एकनाले भरुवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले बेबारिसे अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 

गोरखा, पालुङटार नगरपालिका-५ चिनियाखर्कबाट १ थान एकनाले भरुवा बन्दुक शनिबार साँझ प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट च्याङ्लीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित मधुवन सामुदायिक जंगलमा उक्त बन्दुक बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : माघ २५, २०७७ आईतबार  १२ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।