Logo

खेलकुद

जोसिप नायक बन्दा एटालान्टा च्याम्पियन्स लिगको अन्तिम आठमा



जोसिप इलिसिसको नायक बनेको खेलमा सानदार जित हासिल गर्दै इटालियन क्लब एटालान्टा च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा भ्यालेन्सीयालाई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।

एटालान्टाले अघिल्लो लेगको खेलमा भ्यालेन्सीयालाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । उसले समग्रमा ८–४ को नतिजा हात पार्दै अन्तिम आठमा आफूलाई स्थापित गर्न सफल भयो ।

भ्यालेन्सीयाको घरेलु मैदानमा भएको खेमला एटलान्टाका लागि चारै गोल जोसिपले गरेका थिए । उनले खेलको तेस्रो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । भ्यालेन्सीयाका लागि केभिन गमेरियोले खेलको २१ औँ मिनेटमा बराबरी गोल फर्काए ।

जोसिपले खेलको ४३ औँ मिनेटमा पेनाल्टी मार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै पहुना टोलीलाई २–१ गोलको अग्रता दिलाए । ५१ औँ मिनेटमा केभिनले भ्यालेन्सीयाका लागि बराबरी गोल फर्काए । ६७ औँ मिनेटमा टोरेसले गोल गर्दै भ्यालेन्सीयालाई ३–२ गोलको अग्रता दिलाए । पछि एटालान्टाका लागि खेलको ७१ र ८२ औँ मिनेटमा जोसिपले गोल गर्दै पाहुना टोलीलाई सहज जित दिलाए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १०:५२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।