ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घोराखोरीमा आयोजना गरिएको जेष्ठ नागरिक दन्त उपहार शिविर उद्घाटन कार्यक्रममा अतिथिहरूले बिलान्दुका ५० वर्षीय एक बृद्वालाई कृत्रिम दाँत लगाइदिएर कार्यक्रम उद्घाटन गरे ।
सार्वजनिक भएको समाचार अनुसार एकजना डाक्टरले ती बृद्वाको मुखमा दाँत लगाइदिएका थिए भने अन्य अतिथिहरूले हातमा ग्लोब्स लगाएरै छोएको फोटो सार्वजनिक भएको छ । अहिले सामाजिक सञ्जालमा उक्त फोटो भाइरल भै रहेको छ ।
यसरी गरिएको शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश नः १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेश १ कै अर्थ समिति सभापति एवं ओखलढुंगाका प्रदेशसभा सदस्य मोहन खड्का हिमशिखर, गाउँपालिका अध्यक्ष नवराज केसी र अन्य जनप्रतिनिधि तथा कर्मचारीहरू थिए । तर जेष्ठ नागरिकलाई कृतिम दाँत लगाइदिने कार्यक्रम निकै प्रभावकारी रहेको भएपनि कार्यक्रमको उद्घाटन गर्ने शैलीप्रति भने धैरैले व्यङ्ग्य गरेका छन् ।
यस विषयमा गाउँपालिका अध्यक्ष नवराज केसीले नियतवस गाउँपालिकालाई बद्नाम गर्ने हिसावले केही व्यक्तिले तस्विरलाई भाइरल बनाएको प्रतिकृया दिए । दाँत डाक्टरले लगाइदिएको र अन्य कार्यक्रमका अतिथिहरुले ती बृद्धाको दाँत हेर्ने क्रमको तस्विर रहेको उनले बताए । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै तस्विरलाई अनावश्यक प्रचार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

यो सामाग्री रातोपाटी डट कम बाट लिइएको हो





















प्रतिक्रिया