विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) को महामारीलाई मध्यनजर गर्दै मलेसिया सरकारले ‘लकडाउन’को अवधि दुई हप्तालाई थप गरेको छ ।
यसअघि मार्च ३१ सम्म रहने भनिएको ‘लकडाउन’को अवधी अप्रिल १४ गतेसम्म थपिएको हो । मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्विन यासिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ मन्त्रालयसँगको ब्रिफिङपछि आफुले यस्तो निर्णय लिएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री यासिनले त्यहाँका नागरिकलाई यो भन्दा पनि लामो समयसम्म घरमै बस्नुपर्ने हुनसक्ने भन्दै मानसिक र शारीरिक हिसाबले तयार रहन अपिल समेत गरेका छन् ।
मलेसियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार मात्रै करिब २०० व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । हालसम्म मलेसियामा करिब २ हजारमा कोरोना सक्रमण भएको पुष्टि भएको छ भने १६ जनाले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपाली नागरिकलाई कुनै समस्या परेमा ६०३२०२०१८९८ र ६०२०२०१८९९ मा सम्पर्क गर्न मलेसियास्थित नेपाली दूतावासले अपिल गरेको छ ।
















प्रतिक्रिया