Logo

प्रदेश

‘फुली’ बेचेर ल्याएको २ सयको चामल जाउलो खाएर सकियो, अब के खाने सरकार ?



भक्तपुरमा रहेका चार जना बालबालिका एउटा सानो झुपडीमा बस्छन् । उनीहरुको अभिभावक कोही छैनन् । एउटा सानो कोठामा बसेका अभिभावक विहिन ति बालबालिकालाई लकडाउनले खाने गास खोसिएको छ । सलिना, उर्मिला, मुना र मनिष रिजाल नाम गरेका यि बालबालिकाको अवस्था निकै दयनिय छ ।

उनीहरुको बाबाले अर्कै विवाह गरेर श्रीमती लिएर हिडे । बाबाले विवाह गरेर हिडेपछि त्यसको केही महिनामा आमा पनि हिडिन् । सबैभन्दा जेठी १८ वर्षकी छन् । आमाबुवा हिडेपछि उनको काँधमा तीन भाइबहिनीको जिम्मेवारी छ । त्यसैले पढ्दा पढ्दैको विद्यालय छोडिन् ।

भाइवहिनीलाई पाल्नुपर्ने भएकाले उनले ज्यालादारी काम गर्न थालेकि छन् । उनले ढलान गर्ने काममा सहयोग गर्थिन । अनि त्यसैवाट आएको पैसाले भाइवहिनीको पेट पालेकी छन् । त्यसैले उनी विद्यालय जान छोडिन् । उनले आफ्नो आमाले अब तिमीहरुसंग बस्दिन मामाघर गएर बस्छु भनेर हामीलाई ढाँटेर जानुभयो ।

पछि मामाघर होइन, अर्कैसँग विवाह गरेर जानुभएछ । उनीहरु गएको असार महिना देखि एक्लै छन् । ज्याला मजदुरी गरेर खाने यि चारबालबालिकाको लामो समय देखीको लकडाउनका कारण झुपडीमा केही छैन । सुत्ने विस्तरा छैन । एउटा म्याटमा चारैजना डल्लो परेर सुत्छन् ।

मामाघरमा आमाले सानो जातसंग विवाह गरेको भनेर कसैले हेर्दैनन् । बुवातिरको हजुरवुवा दुइवटा फुपुसंग बस्ने गरेको र उनले पनि वास्ता नगरेको उनले बताइन् । हजुरवुवा बसेको ठाउँमा अटाउने ठाउँ नै छैन त्यसैले कसैले बोलाउँदैनन् । उनीहरुले एक किलो चामल केही दिन अघि किनेका थिए त्यसैमा धेरै पानी हालेर जाउलो बनाएर खाएका छन् ।

२ सय रुपैयामा फुली बेचेर चामल लिएर आएको जेठी छोरीले बताइन् । त्यही पैसाले ल्याएको चामलले जाउलो खाएको ७ दिन भइसक्यो । त्यो वाहेक केही खाएका छैनन् । बसेको झुपडीमा राम्रोसंग सुत्न र बस्न पनि मिल्दैन । यसरी अलपत्र पारेर जाने आमाबुवाको उनीहरुलाई निकै याद आउँछ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १०:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।