Logo

बागमती प्रदेश

सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा दुई जना पक्राउ



प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्द सामाजिक सञ्जाल फेसबुकमार्फत् अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ घर भएका ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेको पनौति नगरपालिका–५ का ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकामध्येका नाछिरिङ काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा डेरा गरी बस्दै आएका थिए । प्रहरीका अनुसार ताराले प्रधानमन्त्री ओलीलगायत विशिष्ट व्यक्तिहरूको र श्रेष्ठले प्रधानमन्त्री ओलीको फोटो प्रयोग गरी मानमर्दन हुने गरी अमर्यादित कार्य गरेका थिए।

उनीहरूलाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्दै स्थानबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार २०:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।