प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्द सामाजिक सञ्जाल फेसबुकमार्फत् अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ घर भएका ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेको पनौति नगरपालिका–५ का ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकामध्येका नाछिरिङ काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा डेरा गरी बस्दै आएका थिए । प्रहरीका अनुसार ताराले प्रधानमन्त्री ओलीलगायत विशिष्ट व्यक्तिहरूको र श्रेष्ठले प्रधानमन्त्री ओलीको फोटो प्रयोग गरी मानमर्दन हुने गरी अमर्यादित कार्य गरेका थिए।
उनीहरूलाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्दै स्थानबाट पक्राउ गरेको हो ।




















प्रतिक्रिया