Logo

मधेश प्रदेश

छोरीको हत्या गरी आत्महत्याको नाटक गर्ने बावु पक्राउ



सात वर्षकी छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने बुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छप्कैया बस्ने २९ वर्षका संजय सरार्फ रहेका छन् ।

सरार्फले गत चैत ११ गते दिउँसो सवा २ बजे आफ्नै ७ वर्षकि छोरी अंशू कुमारी सरार्फको घाटी थिची हत्या गरेका थिए ।

आफ्नै छोरीको हत्या गरी उनले आत्महत्या देखाउन घरको माथिल्लो कोठामा रहेको भित्ताको किलामा सल कपडाको पासो बनाई घाटीमा पासो लगाई झुण्डयाएका थिए ।

त्यस् पछि उनले पासो खोली उपचारको लागि नारायणी अस्पतालमा लगेकोमा अस्पतालले मृत घोषित गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सरार्फलाई पक्राउ गरि अनुसन्धान गर्दै जादा संजयले नै घाटी थिची मारेको र आफूले गरेको कसुरबाट बच्ने उद्देश्यले बनावटी आत्महत्या जस्तो वारदात बनाएको खुल्न आएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका सरार्फलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार ०९:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।