बिरगंज महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष गैसुद्विन मियाँको नेतृत्वमा बिरगंज वडा नम्बर २२ मा राहत वितरण गरिएको छ ।
७५ जना भारतीय नागरिक सहित प्रदेश ३ का १२ जना सहित १०५५ जनालाई राहत वितरण गरिएको वडा अध्यक्ष मियाँले अनलाइनपानालाई जानकारी दिए ।
१० केजी चामल सहित एक केजी नुन, एक केजी दाल र अन्य अत्यावश्यक सामाग्री वितरण गरिएको थियो । वडामा रहेका फ्याक्ट्रीमा काम गरिरहेका मजदुर र अन्य नागरिकलाई लकडाउनका कारण असहज भएपछि राहत वितरण गरिएको वडा अध्यक्ष मियाँले जानकारी दिएका छन् ।






















प्रतिक्रिया