Logo

प्रदेश

मियाँको नेतृत्वमा बिरगंज २२ मा १०५० जनालाई राहत वितरण



बिरगंज महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष गैसुद्विन मियाँको नेतृत्वमा बिरगंज वडा नम्बर २२ मा राहत वितरण गरिएको छ ।

७५ जना भारतीय नागरिक सहित प्रदेश ३ का १२ जना सहित १०५५ जनालाई राहत वितरण गरिएको वडा अध्यक्ष मियाँले अनलाइनपानालाई जानकारी दिए ।

१० केजी चामल सहित एक केजी नुन, एक केजी दाल र अन्य अत्यावश्यक सामाग्री वितरण गरिएको थियो । वडामा रहेका फ्याक्ट्रीमा काम गरिरहेका मजदुर र अन्य नागरिकलाई लकडाउनका कारण असहज भएपछि राहत वितरण गरिएको वडा अध्यक्ष मियाँले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार १९:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।