Logo

प्रदेश

समाजवादीलाई सांसद जोगाउन कठिन : सुरेन्द्र यादवलाई अपहरण शैलीमा…



समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई प्रहरीले धनुषाबाट साथमा लिएर काठमाडौं ल्याउन लागेको छ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले दिएको जानकारीअनुसार उनलाई आज धनुषाबाट प्रहरीले काठमाडौं ल्याउन लागेको हो ।

सरकारले दल विभाजनसम्बन्धी नयाँ अध्यादेश ल्याएसँगै समाजवादी पार्टी फुट्नेबारे विभिन्न हल्ला चलिरहेको छ । तर, नयाँ अध्यादेशअनुसार अब दल विभाजनको लागि संसदीय दलमा वा केन्द्रि कमिटीमध्ये एकमा ४० प्रतिशत पुर्याए हुने भएको छ । समाजवादी पार्टी फुटाउनेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएको आरोपनि लगाईएको छ ।

पार्टी कुनैपनि हालतमा फुट्न नदिने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइएले उद्घोष नै गरिसकेका छन् । अहिले समाजवादी पार्टी र राजपा नेपालबीच एकता गर्नेगरि गृहकार्य भैरहेको छ । यसको लागि दुवै पार्टीका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । स्रोतकाअनुसार दुई पार्टीबीचको एकता भोलि नै हुने भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार १९:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।