विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि गरिएको लकडाउनका कारण जिवनयापन गर्न कठिनाइ भएका बिरगंज महानगरपालिका वडा नम्बर ३० का एक हजार भन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ ।
बिरगंज महानगरपालिका वडा नम्बर ३० का वडा अध्यक्ष अमानत मुखियाको नेतृत्वमा विपन्न परिवारलाई महानगरको मापदण्ड अनुसार प्रतिपरिवार १० केजी चामल, १ केजी दाल, १ केजी नुन, तेल लगायतका अत्यावश्यक सामाग्री वितरण गरेको वडा अध्यक्ष मुखियाले जानकारी दिए ।





















प्रतिक्रिया