तामाङ तथा शेर्पा समुदायले आज सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व मनाउँदैछन् । माघ शुक्ल प्रतिपदाका दिन दुवै समुदायले सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाउँदैछन् ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा सोनाम ल्होसार पर्व मनाइँदै आएको छ । सोनाम ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएकाे छ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशमा विशेष रुपमा मनाइने यस पर्वमा बौद्ध क्षेत्रमा विभिन्न कार्यक्रम गरिन्छ ।















प्रतिक्रिया