Logo

पत्रपत्रिका

दुई जना शिक्षक मिलेर किशोरीमाथि बलत्कार, गर्भवती भएपछि एक पक्राउ अर्का फरार



सुस्त मनस्थितिकी दुर्गाथली–४ की एक किशोरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् भने अर्का एक फरार रहेका छन् । सोमबार राति आफ्नै घरमा लुकेको अवस्थामा आरोपित मध्येका बसन्त ओली पक्राउ परेका हुन् । गत फागुन १२ मा पीडित किसोरीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकै दिनदेखि उनीहरु फरार रहेको प्रहरीले जनाएको छ ।

अर्का आरोपित शिक्षक शिवराज जोशी भने अझैं पक्राउ परेका छैनन् । प्रहरीले उनीहरु घर वरिपरि नै घुमिरहँदा पक्राउ गर्न नसेको आरोप लागिरहेका बेला ४ महिनापछि मात्रै शिक्षक ओलीलाई सोमबार राति पक्राउ गरिएको हो ।

अर्का आरोपित शिक्षक जोशीको पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकालाई कानुनअनुसार कारबाही हुनुपर्ने र सुरुमा डिएनए चेक गर्नुपर्ने महिलाअधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीको भनाई छ ।

पीडित किशोरीले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा आफूलाई बाजे पर्ने दुर्गाथली गाँउपालिका–४ थलीचौर माविका शिक्षक शिवराज जोशी र अर्का दाई नाता पर्ने भैरव आधारभूतका शिक्षक बसन्त ओलीले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । शिक्षकद्वयले करणी गरेको बारेमा कसैलाई बताएमा मारिदिने डर देखाएकाले लामो समयसम्म भन्न नसकेकी पीडित किशोरीको भनाइ रहेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार ०६:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।