Logo

पत्रपत्रिका

‘लकडाउन’ले बढायो निराशा



सरकारले घोषणा गरेको लकडाउनको ४६ दिनको अवधिमा ७ सय २१ जनाले आत्महत्या गरेका छन् । गत ११ चैतदेखि २७ वैशाखसम्मको तथ्यांकअनुसार ७ सय २१ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकअनुसार यो अवधिमा देशभर विष सेवनबाट ९३, झुन्डिएर ६ सय १४, औजार तथा हातहतियारको सहायताबाट तीन, हामफालेर चार, डुबेर चारर आगो लगाएर एक जनाले आत्महत्या गरेका छन् ।

प्रहरीको मासिक तथ्यांकले समेत गत फागुनमा भन्दा चैतमा आत्महत्याको रेकर्ड बढेको भएको देखाउँछ । गत फागुनमा विष सेवनबाट ९४, झुन्डिएर ३ सय १५, हामफालेर चार र डुबेर एक जनाले आत्महत्या गरेका थिए । सबैगरी गत फागुनमा ४ सय १४ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकमा रहेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार १०:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।