सुनको मूल्य तीन सातायताकै सस्तो बनेको छ । साताको अन्तिम दिन शुक्रवार अघिल्लो दिनको तुलनामा तोलाको सय रुपैयाँले सस्तिएर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
छापावाल सुनको बिहीबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन पनि सय रुपैयाँले सस्तिएर तोलको ९५ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य घट्दा शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ ।
साउन २८ गते तोलाको ८५ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य त्यसयता तोलको लाख रुपैयाँ नाघेर फर्किएको हो । सुनको मूल्य साउन २३ गते इतिहासकै सर्वाधिक १ लाख ३ सय ५ रुपैयाँ पुगेको थियो ।
प्रतिक्रिया