नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि दिल्ली गएका छन् ।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार खनाल शुक्रबार बिहान नेपाल वायु सेवा निगमको जहाजमार्फत दिल्ली गएका हुन् ।
रिजालका अनुसार खनाल नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका हुन् । पछिल्लो समय खनाल उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रस्त रहेको बताइएको छ ।
प्रतिक्रिया