कर्णाली प्रदेशमा १८ जनामा कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा कालिकोटमा एक र दैलेखमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आइतवार बिहान ८ बजे सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले सार्वजनिक गरेको तथ्यांक अनुसार कालिकोटको शुभकालिका गाउँपालिका ५ का १९ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, दैलेखको नारायण नगरपालिका ३ का १६, १९, २९ र ४८ वर्षका चार जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै नारायण नगरपालिका ५ कै १८,२४, २५, २८ र ३५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ। दैलेखकै देबलकाँड ४ का १८, २०, २०,२२ र २२ वर्षका पाँ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, सिमडा ८ का १६ वर्षका पुरुष, रातापानी ४ का ३८ वर्षका पुरुष र साडु ९ का २२ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १३२ पुगेको छ ।





















प्रतिक्रिया