Logo

प्रमुख समाचार

बझामा कांग्रेसको प्रतिनिधि सभाका लागि १० जनाको नाम सिफारिस



बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङले १० जनाको नाम सिफारिस गरेको छ।

सिफारिस सूचिमा पार्टीका युवा नेता अभिषेक बहादुर सिंह, नरेश बहादुर सिंह, सत्यराज भण्डारी, डा. सुरेश मल्ल, जगत प्रसाद जोशी, प्रकाश स्नेही (रसाइली), डा. खगेन्द्रराज जोशी, केशवराज जोशी, दीपेन्द्र जोशी र नारायण प्रसाद हमाल रहेका छन्।

यससँगै प्रतिनिधि सभा समानुपातिक तर्फ चन्दा जोशी, शान्ति महत, मुकेश धामी, सुन्दर रसाइली, रमेश बिसी, मन्जित ताम्राकार, प्रेम बहादुर धामी, सम्शेर बम र शान्ति पुजारा गरी ९ जनाको नाम सिफारिस गरिएको छ।

त्यसैगरी, राष्ट्रियसभा सदस्यका लागि अर्जुनजंग बहादुर सिंह, चन्द्रविक्रम मल्ल र नन्दकृष्ण जोशीको नाम सिफारिस गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समिति बझाङका सभापति खडक बहादुर बोहराले जानकारी दिए।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार २१:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।