Logo

कर्णाली प्रदेश

कर्णालीमा थपिए २९ कोरोना संक्रमित



कर्णाली प्रदेशमा कोरोना भाइरसका संक्रमित थपिने क्रम जारी छ । मंगलबार थप २९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का १७ देखि ५० वर्षसम्मका ९ जना पुरुष रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखामा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए ।

यस्तै सल्यानको दार्मा गाउँपालिकाका ३५ देखि ५० वर्षसम्मका ९ जना पुरुष तथा अछामको मंगलसेन नगरपालिका वडा नम्बर ४ का २३ वर्षका पुरुषमा पनि संक्रमण देखिएको हो ।

अछामकै मेल्लेख गाउँपालिकाका २२ देखि ४० वर्षका पुरुष तथा २७ र ३० वर्षका महिलामा पनि संक्रमण देखिएको डा. तिवारीले बताए । उनीहरु सबै केही दिन अगाडि भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।

योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २६२ पुगेको छ । प्रदेशमा एकजनाको कोभिड–१९ बाट मृत्यु छ । कर्णालीका दश जिल्ला मध्ये हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोटमा भने अहिलेसम्म कोरोना भाइरस संक्रमित देखिएका छैनन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार १४:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।