Logo

साहित्य

कविता-औकात



औकात बिर्सिएर श्वेत हिमालको
स्वच्छ हावालाई विकृत फोक्सोसँगै झुन्डाएर लडिवुडी गराउदै ।
मेरो निर्लज्ज फोक्सोले कञ्चन श्वास फेर्न पनि त हुँदैन होला ?
निर्धा तैले घाटी हेरि हाड निल्नु पर्छ ।
हो मलाइ थाहा छ यो विवशता हो ।
हसीना दण्डकै लागि सेन्ट हेलेनाकै झ्यालखानामा यसको बन्दी गराइयोस् ।।

क्राइष्टको पवित्र शरीरलाई सुलिमा टङग्याउन 
औकात विहिन अपवित्र हातका थुगाँले मतियारी स्पर्श गरेझैं ।
प्रीन्सेस बालापन सहेल गरेकी हेलेन र पद्ममिनीमै
गिद्देदृष्टि गाड्ने अश्वेत नजरमाथी  
              दैव !!
छिट्टै दृष्टिबन्द गराइयोस् ।।

निर्धाको इच्छा किन सिमित तुल्याउदैनौ हे ईश्वर ?
जो औकात भन्दा कल्पनामाथी उडेर ।
पानी बाफमै रुपान्तरीत भएर के गर्छ र कठै ?
आखिर बादल पानीमै रुपान्तरीत बनेर पनि त 
पछारिने यहीँ स्वार्थी भुमिमा नै त हो ।
ए नियति धरोधर्मा पानीलाइ थुनेर राखीयोस ।।

अस्तित्व बिहिन बज्जड मरुभूमिले 
हराभरा उद्यानकै इर्ष्यामा दिनरात तड्पिएझैं ।
तिम्रो पबित्र हृदयमा जन्जिर बार्ने 
जरिनामाथी सपना सार्ने ।
त्यो लुलुप हैसियत बिहिन मनलाई 
हजारौं कोर्रा बर्साउन ए समय ।।

सुनामी बनेर क्षेदविक्षेद बनाउन टाढा टाढा पुगेर के गर्छस र ए पानी ?
आखिर चक्र सकिएपछि तैले आफैलाइ नियालेर हेर ।
युद्ध हारेकै सिपाही झैँ फर्किएको देखेकै त हो ।

तिमी महासागरकै रानी दौलतकी खानीलाई 
साथी बनाउन खोज्ने जाबो अक्टोपसलाई 
 जल बिहिन बनाइयोस हे सुनामी ।।

तेज विक्रम देवकोटा 
त्रिभुवन बिश्वविद्यालयबाट अङ्ग्रेजी साहित्य र जनप्रशासनमा स्नातकोत्तर

 

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १३:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।