Logo

प्रमुख समाचार

कोरोना भाइरस: दक्षिण एशिया र दक्षिण अमेरिकामा भयावह स्थिति



विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ९१ लाख ८५ हजार पुगेको छ । कुल मृतक ४७ हजार पुगेको छ ।

वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी अमेरिकामा २३ लाख ८८ हजार संक्रमित भएका छन् । जसमध्ये एक लाख २२ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा संक्रमण डरलाग्दो बनेको छ । त्यहाँ ११ लाख ११ हजार संक्रमित भइसकेका छन् । त्यहाँ ५१ हजारको मृत्यु भइसकेको छ । दक्षिण अमेरिकामा सबैभन्दा भयावह अवस्था बन्दै गएको छ । त्यस क्षेत्रको ब्राजिल, चिली, पेरु, कोलम्बिया, इक्वेडरमा कोरोना भाइरसको संक्रमण डरलाग्दो गरी फैलिएको छ ।

दक्षिण एशियामा पनि कोरोना भाइरस भयावह बन्दै गएको छ । भारतमा ४ लाख ४० हजार संक्रमित मध्ये १४ हजारको मृत्यु भइसकेको छ ।
पाकिस्तानमा एक लाख ८१ हजार संक्रमित भएका छन् । त्यहाँ ३५ सयको मृत्यु भइसकेको छ । बँगलादेशमा एक लाख १५ हजार संक्रमितमध्ये १५ सयको मृत्यु भउको छ । अफगानिस्तानमा २९ सय संक्रमित भएका छन् । नेपालमा ९ हजार ५ सय ६१ संक्रमित मध्ये २३ जनाको मृयु भएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलवार ०६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।