Logo

प्रमुख समाचार

कोरोना बाट थप एकजनाको ज्यान गयो, मृतकको संख्या २६ पुग्यो



नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।

कोरोना संक्रमणका कारण बुधबार राती पोखरामै अर्को एक जनाको ज्यान गएको हो । अर्जुनचौपारी गाउँपालिका स्थायी ठेगाना भएर आधिँखोलाको सिरुवारी बजारमा पसल सञ्चालन गर्दै आएका एक जनाको ज्यान गएको हो ।

उनलाई कहाँबाट र कसरी कोरोना संक्रमण भएको हो भन्ने कुरा खुलेको छैन् । केही दिन अगाडि ज्वरो आएर उपचारको लागि पोखरा आएका उनलाई अस्पतालमा आएपछि मात्रै कोरोना संक्रमण भएको पत्ता लागेको जनाइएको छ ।

आधिँखोला गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले पनि मृतक सिरुवारीमा पसल गर्दै आएको व्यक्ति भएको पुष्टि गर्दै मृतकको कन्ट्रयाक ट्रेसिङ र परिवारको पिसिआर गर्ने काम सुरु भएको जानकारी सम्म आफूले पाएको उल्लेख बताए ।

यसअघि बुधबार नै वालिङ ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण ज्यान गएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार १३:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।