Logo

प्रदेश

बुद्ध चित्तको माला लुटेरा समूहबाट गोली चल्याे, ५ जना घाइते



काभ्रेको रोशी गाउँपालिकामा गए राती गोली चलेको छ । बुद्ध चित्तको माला लुटेर समूहबाट गोली चलेको हो । प्रहरीका अनुसार उत्त गोली लागि ५ जना घाइते भएका छन् ।

लुटेरा समूहले ९० लाख बराबरको बुद्ध चित्त माला चोरेर फरार भएकाे प्रहरीले जनाएकाे छ  । बुद्ध चित्त माला लुटपाट गर्ने क्रममा लुटेरा समूहले गोली चलाएको र अहिले प्रहरी घटनास्थलमा जाने क्रममा रहेको काभ्रेका डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

वीरबहादुरको घरको ढोका फोरी निगरानीका लागि राखिएको सीसीटीभी क्यामेरा तोडेर बुद्धचित्तको दाना लुटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार ११:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।