Logo

प्रमुख समाचार

कोरोना बाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो



नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जेठ ११ गते राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान दाङ नजिकै मृत अवस्थामा फेला परेकी अन्दाजी २५/३० बर्षिय महिलामा कोरोना पुष्टि भएको छ ।

उनलाइ मृत अवस्थामा फेला पारपछि प्रहरीले सोही दिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेको र उनको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनको ११ ते नै स्वाव संकलन गरिएको र १२ गते रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

उनको नाम खुलेको छैन भने पहिचान गर्ने र घर सम्म सम्पर्क गर्न कोसिस भइरहेको उनले बताए । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार १६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।