Logo

प्रमुख समाचार

स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका रौतहटका युवकको कोरोना पुष्टि



शनिबार राति स्टार हस्पिटल सानेपामा उपचारका क्रममा मृत्यु भएका रौतहटका युवकको सोमबार विहान कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

२९ वर्षीय पुरुष रौतहट घर भएका हुन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि कोरोनाको आशंकामा नमुना परीक्षण गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले उनको कोरोना पुष्टि गरेको हो । उनको शव व्यवस्थापन कार्य बढाइएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार १०:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।