Logo

प्रमुख समाचार

४७३ कोरोना संक्रमित थपिए, संक्रमित संख्या १४ हजार ५ सय १९ पुग्यो



नेपालमा थप ४७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या पाँच हजार तीन सय २० जना पुगेको छ ।

उनले १० हजार एक सय जना आइसोलेसनमा रहेको बताए । आइसोलेसनमा कूल २ लाख ३७ हजार ७ सय ६४ रहेका छन् । २४ घण्टामा ४ हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार १६:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।