Logo

अर्थ

एनआइसी एसिया लघुवित्तको आइपीओ बाँडफाँट, १० कित्ता सबैलाई, २० कित्ता पाउने कति ?



एनआइसी एसिया लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । सानिमा क्यापिटलमा शनिबार आयोजित यस कार्यक्रममा रीतपूर्वक आवेदन गर्ने सबैले न्यूनतम १० कित्ताका दरले सेयर हात पारेका छन् । थप ४६ हजार ५७९ जना लगानीकर्ताले गोलाप्रथाका माध्यमबाट थप १० कित्ताका दरले सेयर पाएका छन् । यस कम्पनीले असार १० गतेबाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो ।

जसमा कुल निष्कासनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । जसमा ५.१९ गुणा बढी आवेदन अर्थात २ करोड ३० लाख ३९० कित्ताका लागि आवेदन परेको थियो । सानिमा क्यापिटलका अनुसार ३ लाख ९७ हजार ७ सय ४१ ज्नाको आवेदन वैध भएको छ । यो लघुवित्त क्षेत्रकै हालसम्मकै सबैभन्दा ठूलो आइपीओ हो ।

हालसम्म कुनै पनि लघुवित्त कम्पनीहरुले यति धेरै रकम बराबरको आइपीओ निष्कासन गरेका छैनन् । यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । हाल यस संस्थाको चुक्ता पुँजी १ अर्ब ४५ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यसले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार ०९:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।