नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणहरुमा शेयर निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ । चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार नौ सय १० कित्ता शेयरको रु १८ करोड ४० लाख ९१ हजार बराबरको शेयर निष्कासन गर्ने सम्झौता आज भएको हो ।
कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सकातर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको कोषले जनाएको छ ।





















प्रतिक्रिया