Logo

समाचार

उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण



काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लामा  गरी ३० जना थप कोरोनाका संक्रमित देखिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २७ जना, भक्तपुरमा १ जना र ललितपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालका ७६ जिल्लामा गरी हालसम्म कोरोना पुष्टि हुनेको संख्या १५ हजार ७ सय ८४ रहेको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १६:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।