Logo

समाचार

कोरोना महामारी पछि चीनमा प्लेग संक्रमित भेटिए



चीनको वुहान शहरबाट फैलिएको कोभिड-१९ (कोरोना भाइरस) विश्वव्यापी स्वास्थ संकट निम्त्याएको बेला चीनको स्वायत्त क्षेत्र भित्री मंगोलियाका एक व्यक्तिमा प्लेगको संक्रमण पुष्टि भएको छ ।

सरकारी स्रोतलाई उल्लेख गर्दै बीबीसीले जनाए अनुसार प्लेग संक्रमण पुष्टि भएका ती व्यक्तिलाई क्वारेन्टिनमा राखिएको छ । उनको स्वास्थ अवस्था स्थिर रहेको समेत उल्लेख गरिएको छ ।

चिनियाँ स्वास्थ अधिकारीका अनुसार यो प्लेगको चारमध्ये तेस्रो तहको खतरा भएको चेतावनी दिएका छन् । ब्याक्टेरियाको संक्रमण बाट हुने क्युबनिक प्लेगलाई खतरनाक मानिन्छ तर, उपलब्ध एन्टिबायोटिकको प्रयोगबाट यसको उपचार भने सम्भव छ ।

भित्री मंगोलियाको वायानुरस्थित एउटा सरकारी अस्पतालमा स्वास्थ जाँच गर्न गएका ती व्यक्तिमा शनिबार प्लेगको संक्रमणको आशंका गरिएको थियो । तर, उनमा कसरी प्लेग फैलियो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन् । प्लेग संक्रमित व्यक्ति गोठालाको काम गर्ने रहेको जनाइएको छ ।

तेस्रो तहको चेतावनी जारी भएपछि प्लेग सार्न सक्ने जीवजन्तुको शिकार गर्न र तिनको मासु खान प्रतिबन्ध लगाइएको छ । संक्रमणको शंका लागेमा स्वास्थ अधिकारीहरुलाई सम्पर्क गर्न स्थानीय सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार ११:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।