एनआइसी एशिया बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा १ श्रावण २०७७ देखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना यस बैंकले यस अघि नै ग्राहकहरू सामुन्ने ल्याएको छ ।
अत्यधिक उत्साहजनक सहभागिता रहेको तथा कोही पनि नछुटोस् भन्ने हेतुले उक्त योजना सकिन मात्र ८ दिन बाँकी रहेको हुँदा यथासिघ्र भरपुर फाईदा उठाउन बैंकले सम्पूर्ण ऋणीहरूमा हार्दिक आह्वान गरेको छ ।
यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आषाढ समान्तभित्रै भुक्तानी गरेमा २०७७ श्रावण १ पश्चात् ब्याजदर ९.९९ प्रतिशतमा कायम गरिने व्यवस्था रहेको छ ।
नेपालको बैंकिङ्ग इतिहासमा दुर्लभ रुपमा उपलब्ध हुने यस बैंकले ल्याएको आषाढ महिनाको योजनाको म्याद मात्र ८ दिन बाँकी रहेको हुँदा २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ आषाढ समान्तभित्रै चुक्ता भुक्तानी गरी समयमै मौकाको फाईदा उठाई आफ्नो आर्थिक भारलाई कम गर्नुहुन सम्पूर्ण ग्राहक महानुभावहरुमा बैंक अनुरोध समेत बैंकले गरेको छ ।
सहज तथा सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप यस बैंकबाट कर्जा उपभोग गर्नु भईरहेको तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहक महानुभावहरूको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको समस्त ग्राहकलाई बैंकले आग्रह गरेको छ ,
बैंकले आफ्ना ग्राहकहरुका लागि ‘कर्जा सहायता केन्द्र’को ःष्ककभम ऋबिि द्यबलपष्लन नम्बर ९८०१२२७७५५ मा मिस्ड कल गरी वा ज्भ्ीए टाइप गरी ३४४८८ मा एसएमएस ९क्ःक्० मार्फत वा बैंकको वेबसाइट धधध।लष्अबकष्बदबलप।अयm मा राखिएको ँभभमदबअप ँयचm मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
ग्राहक महानुभावहरूले जुनसुकै स्थान र माध्यमबाट जुनसुकै समयमा पनि आफ्नो कुरा राख्नसक्ने व्यवस्थालाई प्रभावकारी तथा ग्राहकमैत्री बनाउदै लैजाने बैंकको सोच रहेको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाताले ग्राहक महानुभावहरूसँग न्यानो तथा आत्मीय सम्बन्ध बनाइराख्न यस ‘कर्जा सहायता केन्द्र’ ले ग्राहकहरुलाई प्राप्त कर्जासम्बन्धी सम्पूर्ण गुनासोहरूलाई सुन्ने तथा तत्काल समाधान गर्ने बैंकले अठोट लिएको छ ।





















प्रतिक्रिया