केही समयदेखि आँखामा समस्या देखिएका सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ ।
काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा बुधबार बिहान वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले सभामुख सापकोटाको दायाँ आँखामा मोतिया बिन्दुको शल्यक्रिया गरेका हुन् ।
श्रीधर न्यौपानेका अनुसार चिकित्सकहरूको सल्लाहमा बमाेजीम सभामुख सापकोटाकाे आँखाको शल्यक्रिया गरिएकाे हाे ।
शल्यक्रिया पश्चात सभामुख न्यौपाने आराम गरिरहेका छन् । सभामुख सापकोटाले आफ्नो उपचारमा लागेको खर्च आँफै बेहोरेको प्रेस संयोजक न्यौपानेले जानकारी दिए ।




















प्रतिक्रिया