Logo

अर्थ

बुधबार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य



नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा बुधबार सुन ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार १४:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।